७ कार्तिक २०८३, शनिबार

नमूना मतपत्रमा पैसा राखेर वितरण गर्ने माओवादी कार्यकर्ता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २८ वैशाख । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका–२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन्।

उनको साथबाट मतपत्र र ५४ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन्।