७ कार्तिक २०८३, शनिबार

एमालेले दियो लबरुका छोरालाई टिकट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २८ वैशाख । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका-१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ। प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन्। एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको हो।

उनले आज मनोनयन दर्ता गराएका हुन्। लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन जेठ ३ गते तोकेको छ।