
काठमाडौं, टोखा । नेकपा (एमाले)को तर्फबाट निवर्तमान मेयर प्रकाश अधिकारी पुनः टोखाको मेयर पदमा उम्मेदवार छन् ।
अधिकारी विशेषगरी निम्निलिखित २२ कामले लोकप्रिय बने । र उनी पुन मेयरको भोट माग्दा युवादेखि वुद्धवृद्धाले दिए शुभकामना टेोखा नगरपालिकाको निर्वतमान मेयर प्रकाश अधिकारीले पाँच वर्षको अवधिमा चुनावको बेलामा गरिएको प्रतिबद्धता अनुसार ८० प्रतिशत काम सम्पन्न भएको बताएका छन् ।
जनसभालाई सम्बोधन गर्दै ८० प्रतिशत काम समपन्न भएको र केही अधुरा काम पूरा गर्ने उदेश्य रहेको उनले बताए ।
अधिकारीको अगुवाईमा के-के काम भए त पाँच वर्षमा ?
१) १०३ किलोमिटर सडक कालोपत्रे तथा ढलान
मेयर अधिकारीको अगुवाईमा मुख्य सडकको कालोपत्रे, ढल निमार्ण, सडक ढलानको कार्य सम्पन्न भएको छ । २०७४ सालको निर्वाचनमा हिलाम्मे र धुलाम्मे सडकोको कालोपत्रे सम्पन्न भएको छ भने टोल बस्ती बस्तीहरुमा ढलानको काम सम्पन्न भएको छ ।
एमालेबाट निर्वाचित मेयर अधिकारीको अगुवाईमा प्रदेश सरकार तथा संघिय सरकार मार्फत सामाखुसी झोर सडकको कालोपत्रे गर्नकाम सम्पन्न भएको छ । सो सडक टोखा छहरे सडक योजना अन्तर्गत रहेपनि कालोपत्रे हुन सकेको थिएन ।
टोखाको मुख्य सडक कालोपत्रे भैसकेका छन भने अधिकांश भित्रि सडक ढलान भैसकेका छन । टोखा नगर प्रशासनको तथ्याङ्गक अनुसार नगरपालिका भित्र १०३ किलोमिटर सडक कालोपत्रे तथा ढलान भैसकेका छन ।
२) सामुदायिक शिक्षामा उल्लेखनीय सुधार
भूकम्पबाट क्षतीग्रस्त भएका नगरपालिका भित्रका सार्बजनीक विद्यालय बन्द हुँदा बालबालिकालाई विद्यालयहरुको पूर्ननिमार्ण तथा स्तरोउन्नतीको कार्य समपन्न भैसेकेको छ । विभिन्न शैक्षीक योजना मार्फत नगरभित्रका सामुदायीक विद्यालय सुधारउन्मुख रहेका छन ।
तिलिङ्गटार मा.वीमा इन्जीनीयरीङ्गको कक्षा सुरु भैरहेको छ । टोखाभित्र झोर महाँकाल मावि, बौडेश्वर मावि, चण्डेश्वरी मावि, धापासी मावि, तिलिङ्गाटार मावि, सरस्वती मावि, जालपा मावि र मनोहर मावि रहेका छन्। यी सामुदायिक विद्यालयमा चार हजार ३०६ विद्यार्थी अध्ययनरत छन् ।
३) नगरस्तरीय प्राबिधिक विद्यालय खोल्न प्रकृया अगाडी
टोखा नगरवासीलाई प्राबिधिक शिक्षा मार्फत आत्मनिर्भर तथा स्वरोजगार बनाउन वडा नं ३ मा प्राबिधिक विद्यालय स्थापना गर्ने प्रकृया अगाडी बढीसकेको छ ।
४) नगरपालिकाकौ लगानीमा पुल निमार्ण
नगरपालिकाले बिष्णुमती करीडोरमा रहेको मनहरी धाम नजीकै मनोहर पुल निमार्ण गरेको छ । त्यस्तौ बाँनियाटार पुल निमार्णका लागी टेण्डर पक्रिया अगाडी बढीसकेको छ ।
५) मेलम्चीको पाइप बिछ्रयाउने तथा तार भूमिगत गराउने काम तीब्र
नगरबासीलाई खानेपानीको समस्या हल गर्न मेलम्ची खानेपानी आयोजनासंग समन्वयन गरी टोखाको गोगंबु र धापासीमा पाइप राख्ने काम सम्पन्न भैसकेको छ भने नेपाल टेलिकम र बिधुत तार अण्डरग्राउन्डको काम धमाधम भैराखेको छ ।
६) सुशासन तथा पारदर्शीकाम गर्न अनलाइन सेवा
टोखा नगरप्रशासनलाई सुशासन तथा पारदर्शी एवं जपक्षीय बनाउन अलनाइन प्रणालीको शुरुवात भएको छ । सेवाग्राहीहरुलाई अनलाइन नक्सा पासको प्रकृया अगाडी बढाइएको छ भने सुत्रामा आधारित लेखा प्रणाली लागु भएको छ, जसका कारण नगरपालिकाको आमदानी तथा खर्च सर्बसाधारणले अनलाइन मार्फत हेर्न सकिन्छ ।
७) नगरपालिकाको सुबिधासमपन्न भवन निमार्ण
टोखा नगरपालिकाको सुबिधासमपन्न अत्याधुनिक भवन निमार्ण भैरहेको भएको छ ।
टोखा नपाको प्रस्तावित भवन निर्माणको लागि ६० र ४० को एतिहासिक सम्झौता सम्पन्न भएको छ।जस अनुसार जिससले ७५,९१९,३३७।७४ र टोनपाको ५०,६१२,८९१।९४ गरि जम्मा रु १२,६५,३२,२२९ को लागतमा निमार्ण भैरहेको छ ।
२४ महिनाभित्र निमार्ण सम्पन्न हुने गरी जे भि कन्ट्रक्सनलाई ठेक्का पाएको सो भवनको करिव ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

८) चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल
नगरबासीलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराउन चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा रुपान्तरण गरिएको छ । टोखा नगरपालिका र प्रदेश सभाषद दिपक निरौलाको अगुवाईमा सो अस्पताललाई सुबिधा सम्पन्न अस्पताल निमार्ण गरिएको हो ।
९) झोरमा १२ करोडको खानेपानी योजना, मेलम्चीको पानी पनि टोखामा
वडा नं १ मा अवस्थीत झोरको भण्डारेमा उपत्यका खानेपानी लिमिटेडसंगको सहकार्यमा दैनिक ४५ लाख लिटर पानि जम्मा हुने गरि खानेपानी योजनाको काम भैराखेको छ ।
१२ करोड लगानीमा निमार्णहुन लागेको सो योजनाले टोखा नगरपालिकाको खानेपानी समस्यालाई केहीहद सम्म हल गर्नेछ भने मेलम्चीको पानी पनि टोखाको गंगोबु र धापासीमा पाइप बिछ््रयाउने कार्य सम्पन्न भैसकेको छ ।
१०) टोखा र नाक्छुबिच भगीनी सम्बन्ध
काठमाडौंको टोखा नगरपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत स्थित नाछ्यु नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सन् २०१९ को अगष्ट १३ तारिखका दिनभगिनी सम्बन्ध स्थापनाको प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका दुई नगरले विस्तृत समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
नाछ्यु नगरपालिकाले कोभिड १९ नियन्त्रणमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराएको थियो । दुई पटक गरि प्रदान गरिएको स्वास्थ समाग्रीमा अक्सीजन मेशीन, माक्र्स, सेनीटाइजर, थर्मलगन लगायतका उपकरण रहेका छन् ।
भगीनी सम्बन्धका कारण स्वास्थ सामाग्री खरीदमा नगरपालिकाको करिव चार करोड ब्याय भार बचेको थियो ।

११) आफ्नै आइसोलेशन
नगरपालिकाले चन्द्रेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा ९० बेडको आइसोलेशन बनाएको थियो । देशभर कन्ट्याक्ट ट्रेसिङ नभएको , आइसोलेशन अभाव भएको अवस्थामा नगरबासीलाई समयमै पीसीआर गरेर आफ्नै जनशक्ति खटाएर कोरोना रोकथाम र नियन्त्रणमा नमुनायोग्य काम देखाएको थियो । जसको प्रशंसा टोखामा मात्र सिमित नभएर देशब्यापी भैराखेको छ ।
१२) कोरोना संक्रमितहरुलाई घर घरमा भेट्न मेयर
होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई भेट्न मेयर सहितका जनप्रतिनिधि घर घरमा पुगेका थिए । कोरोनाका बिरामीहरुमा हौसला बृद्धि भई रोग संग लड्नका लागि आत्मबल बढाउने उद्देश्यले आफूहरु कोरोनाका बिरामीहरुको घर घरमा गएर हौसला प्रदान गरेको नगर प्रमुख प्रकाश अधिकारीलेको भनाई छ ।
१३) मेयर उज्यालो कार्यक्रम
टोखा नगरपालिकाले आफ्नो गौरवको योजना अन्तर्गतको मेयर उज्यालो कार्यक्रम शुभारम्भ भएको छ । मुल सडकमा बत्ति बाल्ने कार्यक्रम अनुरुप टोखा नगरपालिकाले विगत २ वर्षदेखि मेयर उज्यालो कार्यक्रमलाई आफ्नो गौरवको योजनामा राखेको थियो ।
मेयर उज्यालो कार्यक्रम सँगै मेयर सुरक्षा कार्यक्रम पनि टोखा नगरपालिकाको योजना रहेको बताउदै मेयर सुरक्षा कार्यक्रम’ अन्तर्गत मुख्य सडक, खोलाका किनार र चोरी लाग्ने स्थानहरुमा नगरपालिकाले सिसि क्यामेरा जडान कार्यलाई पनि प्राथमिकता दिएको हो ।

१४) मेयर प्रकाश अधिकारीको गाडी नागरिकको स्वास्थ सेवामा
मेयर प्रकाश अधिकारीले आफूले चढ्दै आएका गाडी स्वास्थ प्रयोजनका लागी प्रयोग भएको थियो।
कोरोना संक्रमितको संख्या थपिदै जाँदा स्वास्थ सामाग्री ओसारपसार गर्ने , कोरोना संग सम्बन्धीत सम्पूर्ण समाग्रीहरु बोक्ने र आवश्यक परेमा नगरपालिकाको अन्य गाडीले नभ्याएको बेला ननकोभीडका बिरामीहरु ओसार पसार गर्ने तथा प्रशासनिक कार्य गर्न सो गाडी प्रयोग भएको थियो ।
विपद्को समयमा जनताको सेवा गर्नु जनप्रतिनिधिको मुख्य धर्म हो, नगरबासीको स्वास्थ भन्दा माथि केही छैन तसर्थ आफू गम्भीर एवं प्रतिबद्ध रहेको उनको भनाइ छ ।
१५) मेयर दीर्घायु’ कार्यक्रमको शुभारम्भ
टोखा नगरपालिकाले ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन भएको छ । नगरभित्रका ५० वर्ष माथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन भएको हो ।
१६) मेयर दिवा खाजा कार्यक्रम
टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार आइतबारदेखि ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ भएको छ ।
१७) टोखाका विरामीहरुलाई निःशुल्क रगत
नगरपालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराएको छ । नगरपालिकाले रेडक्रस तथा बिभिन्न संघ संस्थाहरु सँगको समन्वयमा आफ्ना नागरिकको उपचारका लागि लाग्ने रगत निशुल्क उपलब्ध गराउने व्यवस्था गरेको हो ।
रेडक्रस रक्त सञ्चार सेवाले प्रति पिन्ट रगतको लागि लाग्ने थैला, परिक्षण र सेवा शुल्क गरि ८ सय १० रुपैयाँ शुल्क लिँदै आएको छ । टोखाका विरामीलाई परिचयको आधारमा निशुल्क गरिने र पछि सो रकम बराबरको बिल अनुसार भूक्तानी गर्ने प्रबन्ध मिलाइएको छ ।
मानिसहरुले निशुल्क दान गरेको रगत विभिन्न प्रशोधन, ल्याव परिक्षण बापतको शुल्क बिरामीले तिर्नुपर्ने झन्झटको अत्य टोखा नगरपालिकाले गर्ने भएको हो ।
१८) उपमेयरसंग बालबालिका कार्यक्रम
टोखा नगरपालिकाको वडा नं १ झोरबाट उपमेयरसंग बालबालिका कार्यक्रम शुरु भएको छ ।
टोखा नगरपालिकाका नगर प्रकाश अधिकारी र उपप्रमुख ज्ञान माया डंगोलले उपमेयरसंग बालबालिका कार्यक्रमको झोरमा आयोजित कार्यक्रममा संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
१९) सामाजिक बिकाशमा फड्को
नगरभित्रका युवाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन शेयर तालिम , कम्यूटर तालिम, उधमशिलता सहित बिभिन्न तालिम प्रदान गरिएको छ भने महिलाहरुलाई ब्युटीसीयन, सीलाई बुनाई तथा कौसी खेती तालीम प्रदान गरिएको छ भने स्वास्थ चौकी र शहरी स्वास्थ क्लिीनीक मार्फत महिलाहरुको पाठ्यघर जाँच सहित जेष्ठ नागरीकहरुलाई घरदैलोमै पुगेर आधारभुत स्वास्थ सेवा प्रदान गरिएको छ ।
२०) एक वडा एक पार्क तथा खेलमैदान
सार्वजनिक जग्गाको संरक्षण गर्ने, हरियाली कायम गर्ने र स्थानीयहरुको अपनत्व रहने गरी उहाँहरुलाई नै संरक्षणको जिम्मा दिने नीतिअनुसार नगरपालिका भित्र एक वडा एक पार्कको अवधारणा अनुसार केही वडाहरुमा निमार्ण भैसकेका छन भने नगरभित्रका खेलकुद बिकाशका लागी एक वडा, एक फुटबल मैदान’ नाराका साथ पाँच वर्षदेखि थालिएको अभियानले पूर्णता पाउँदै गएको छ भने कतिपय स्थानमा फुटसलको निमार्ण भएको छ ।
२१) सरकारी बिधालयमा बस वितरण
विद्यालयलाई सहज होस् भनेर विद्यालय बसको व्यवस्था गरिएको छ ।
२२) सबै प्रति समान व्यवहार
उनको सबै प्रति समान व्यवहार गर्ने, मिजासिलो र हँसिलो स्वभाव रहेको मतदाताहरु बताउँछन् । यस किसिमका गुणहरुलाई हरेक मानिसमा शोभनिय रुपमा हेरिन्छ भने नेतृत्वमा निकै महत्वका साथ लिने गरिन्छ ।

यसरी नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रबद्र्धन, कृषिको आधुनिकीकरण, साँस्कृतिक सम्पदाहरुको संरक्षण, पार्क निर्माण लगायत सेवा प्रवाहका कामहरुलाई प्राथमिकता दिएकै कारण टोखाका मेयर काठमाडौका सफल मेयरका रुपमा परिचित छन् ।















प्रतिक्रिया