
चितवन, २७ वैशाख । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल)ले नेकपा एमालेका उम्मेदवारहरूको जीत सुनिश्चित रहेको बताएका छन् ।
नेकपा एमाले कालिका नगर कमिटीले आज पदमपुरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बादलले कालिकामा मेयरका उम्मेदवार विनोद रेग्मी, उपमेयरका उम्मेदवार विमला लामा लगायत सम्पूर्ण वडा अध्यक्ष र सदस्यहरूको जीत सुनिश्चित भएको बताएका हुन् ।
पाँचदलीय गठबन्धनको नाममा भएको चुनावी मोर्चालाई जनताले अस्वीकार गरिसकेको भन्दै एमाले उपाध्यक्ष बादलले गठबन्धन भन्दा एमाले एक्लै शक्तिशाली बनेपछि गठबन्धनको सातो गएको समेत उनले बताए । आज कालिकामा एमालेको पक्षमा उर्लेको जनसागरले पनि एमाले बलियो रहेको प्रमाणित भएको उनको भनाइ थियो ।
कालिकाको विकासमा एमालेले देखाएको बाटोलाई पूरा गर्न पनि एमालेकै नेतृत्व जरूरी रहेको भन्दै पूर्व गृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष बादलले जनताको मतलाई गठबन्धनको नामले रोक्न नसक्ने पनि दावी गरे ।
परमादेशको आडमा गतिहिन शैलीले अगाडि बढेको सरकार र यसको नेतृत्वलाई जनताले तिरस्कार गरिसकेकाले गठबन्धन धरापमा पर्दै गएको समेत उनको भनाइ थियो ।















प्रतिक्रिया