
सिद्धार्थनगर, २७ वैशाख । फोहोरमैला ब्यवस्थापन सिद्धार्थनगरको प्रमुख समस्यामध्ये एक हो ।
यहि वैशाख ३० मा हुन गैरहेको नगरपालिकाको निर्वाचनका सन्दर्भमा अधिकांश पार्टीले फोहोरमैला व्यवस्थापनको मुद्धालाई उच्च प्राथमिकतामा राखेका छन् । यसलाई प्राथमिकतामा राख्नेमा गठबन्धन बनाएर चुनावी मैदानमा होमिएको नेपाली काँग्रेस पनि छ ।
तर, सिद्धार्थनगरको फोहोरमैला स्थायी रुपमा ब्यवस्थापन हुनै लाग्दा त्यसलाई असफल बनाउन नेतृत्व गर्ने पार्टी नेपाली काँग्रेस हो भनेर मतदाताले बुझ्नै पर्ने विषय हो । अहिले सबैभन्दा टाउको दुखाइ बनेको फोहोरमैला ब्यवस्थापन समस्या काँग्रेसकै कारण उब्जिएको हो ।
काँग्रेसले सहयोग गरेको भए आज नगरका चोक चोकमा फोहोर र दुर्गन्धको डंगुर हुने थिएन । लुम्बिनीको प्रवेशद्धारको रुपमा रहेको सिद्धार्थनगरलाई स्वच्छ, सफा र हराभरा गराउने अभियानको बिरोध गर्न नेतृत्व गरेको काँग्रेसलाई मतदाताले प्रश्न गर्नैपर्छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा रोहिणी गाउँपालिकाको पट्खौलीमा फोहोरमैला ब्यवस्थापन केन्द्र बनाउने अभियान काँग्रेसकै कारण असफल भएको सिद्धार्थनगरका नगरप्रमुख हरिप्रसाद अधिकारी गुनासो गर्छन् ।
६ बिगाहा ४ कठ्ठा क्षेत्रफलमा फैलिएको जमिनमा फोहोरमैला प्रशोधन केन्द्र बनाउन बोलपत्र भएको थियो– अधिकारी सम्झिन्छन्–तर, काँग्रेस जिल्ला सभापति अब्दुल रज्जाकको नेतृत्वमा त्यसलाई असफल बनाउन संघर्ष समिति गठन गरी बिरोध शुरु भयो । अधिकारीका अनुसार नेकपा एमालेबाहेकका सबै पार्टीले बिरोध र असहयोग गरेका कारण ३२ करोड रुपैयाँको फोहोरमैला प्रशोधन केन्द्र बनाउने योजना तुहियो ।
बोलपत्र आब्हान गरेपछि निर्माण कम्पनीले प्रतिष्पर्धा गरेर ठेक्का पनि पाए । संघर्ष समितिले कामै गर्न नदिने भएपछि त्यसबाट पछि हट्नुको विकल्प रहेन । सबैभन्दा बढी बिरोध नेपाली काँग्रेस र त्यसका सभापति अब्दुल रज्जाकले गर्नुभयो–अधिकारी भन्छन् ।
३२ करोड रुपैयाँमा वार्ड नं. ९ को गोनहिया हुँदै फोहोरमैला प्रशोधन केन्द्रसम्म जाने चौडा बाटो, पक्की पुललगायतका संरचना बन्ने योजना थियो । प्रशोधन केन्द्रमा जैविक र अजैविक वस्तु छुट्याउने, जैविक वस्तुको कम्पोष्ट मल बनाएर स्थानीय बासिन्दालाई ५० प्रतिशत सहुलियतमा बिक्री गर्ने, अजैविक प्लाष्टिकजन्य फोहोरमैला प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना नगरपालिकाको थियो ।
स्थानीय बासिन्दालाई रोजगारी, बर्षेनी शीपमूलक ब्यवसायिक तालिम जस्ता कार्यक्रम थिए– नगरप्रमुख अधिकारी भन्छन्– १८–२० जनाले त केन्द्रमा प्रत्यक्ष रोजगारी दिइन्थ्यो ।
प्रशोधन केन्द्र रहने ठाउँ वरपर हुने वातावरणीय प्रदुषणलाई मूल मुद्धा बनाइएको भएपनि काँग्रेसको उद्देश्य नगर विकासको बिरोध मात्रै थियो । किनभने वातावरणीय प्रदुषण नहुने गरी एशियाली विकास बैंकले नै तयारी गरेको थियो ।
अधिकारी भन्छन्– त्यस वरपरका ५० परिवारका एक–एक जनालाई फोहोरमैला ब्यवस्थापन केन्द्रको अध्ययन अवलोकनका लागि स्याङ्जा, पोखराको पनि अवलोकन गराएका थियौं, तर राजनीतिक दलहरुले उचालेपछि उनीहरु पनि नकारात्मक भए ।
काँग्रेसका साथीहरु सकारात्मक भएको भए आज सिद्धार्थनगर मात्र होइन, आसपासका पालिकाहरुको समेत फोहोरमैला प्रशोधन हुन्थ्यो, अधिकारी दावी गर्छन्– न त जनता दुर्गन्धमा बस्नुपथ्र्यो, बरु त्यसबाट रोजगारीका अवसर तथा आम्दानी गर्न सकिने अवस्था थियो ।















प्रतिक्रिया