
चितवन, २७ वैशाख । चितवनको भरतपुर महागनरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भरतपुरमा सत्ता गठबन्धनले झोला झोलामा पैसा र साडी बाँडेको दावी गरेका छन् ।
मंगलबार भरतपुरको मालपोत चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै मेयरका उम्मेदवार पौडेलले यस्तो बताएका हुन् ।
सत्ता गठबन्धनले झोलाझोलामा पाँच हजार, दश हजार रुपैयाँ र साडी बाँडेको सूचना आफूलाई आएको पौडेलले बताए । उनले मतदाता प्रभावित पार्ने यस किसिमका गतिविधि रोकिनुपर्ने माग समेत राखेका छन् ।
आफूले कांग्रेस जोगाउन विद्रोह गरेको बताए । ‘धेरै कांग्रेसका नेता कार्यकर्ता मलाई भेट्न आउनुहुन्छ’, नेता पौडेलले भने, ‘मैले चुनाव हारे पनि जिते पनि यो सन्देश देशभरि जान जरुरी छ, अनि बल्ल कांग्रेस बच्छ ।’















प्रतिक्रिया