७ कार्तिक २०८३, शनिबार

विजय सरावगीलाई कसले, किन घेरेका हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २७ वैशाख । पर्साको वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर एवम् नेकपा एमालेबाट अहिले मेयरका उम्मेदवार विजय सरावगीमाथि कांग्रेसका कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् ।

सोमबार मध्यराति वीरगञ्ज महानगरपालिकाको नगवास्थित एक कांग्रेस नेताकोमा पुगेका सरावगीलाई कांग्रेस कार्यकर्तासहित केही स्थानीयले करिब अढाइ घण्टा घेरेका थिए ।

सरावगीको उद्दार प्रहरीले गरेको थियो ।

एमाले–लोसपा गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार हुन् । सरावगी भोट किन्न कांग्रेस नेताको घरमा पुगेको भन्दै आरोप लगाइए पनि सरावगी आफूलाई कांग्रेस नेताले बोलाएर गएको बताएका छन् ।

जसपाका कार्यकर्ताहरुले सरावगी कांग्रेस नेताको घर पुग्नुको कारण शंकास्पद रहेको बताएको छ ।

सरावगीले भने स्थानीय क्षेत्रहरुका योजनाका बारेमा कांग्रेसका नेताहरुले बोलाएर गएको बताएका छन् । आफूमाथि अपराध नै गरेको जस्तो व्यवहार गरिएको सरावगीले बताए ।

आफूले जुन घरमा गएको त्यहाँ युवाहरुले नौटंकी गरेको संज्ञा दिँदै सरावगीले अर्कै घरबाट निस्कनु पर्ने स्थिति भएको बताए ।