७ कार्तिक २०८३, शनिबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २७ वैशाख । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ जवरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई सोही नगरपालिका-६ फक्टपुरबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।