७ कार्तिक २०८३, शनिबार

गृहमन्त्रीकै कारण चुनाव भयरहित हुने कुरामा घनश्याम भुसालको आशंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २७ वैशाख । नेकपा (एमाले) स्थायी कमिटी सदस्य घनश्याम भुसालले गृहमन्त्रीका कारण रुपन्देहीको चुनाव भयरहित हुने कुरामा आशंका पैदा भएको बताएका छन् ।

निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित हुनुपर्ने बताउदै भूसालले गृहमन्त्री मतदातालाई प्रभावमा पार्न आयोजना गरिएको भोजमा सामेल हुने गरेको आरोप लगाए ।

सोमवार भैरहवामा भएको पत्रकार सम्मेलनमा बोल्दै भुसालले गृहमन्त्री दलबलका साथ आफ्नो जिल्लामा भएको निर्वाचनलाई पदिय दुरुपयोग गरेर प्रभावमा पार्नु ठिक नभएको बताए । भुसालले गृहमन्त्री आफ्नो सानै देखिको साथि भएकोले यस्तो काम नगर्न सुझाव दिएको समेत गरेको जानकारी दिए ।

भूसालले गृहमन्त्री जहा जान्छ डर, त्रास र आतंक लिएर जान्छ भन्ने आवाज रुपन्देहीमा पछिल्लो समय ब्यापक उठ्ने गरेको बताए । आफुले उक्त कुराको संकेत गृहमन्त्रीलाई गरेको भुसालले बताए । भुसाललका अनुसार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित गराउन निर्वाचन आयोग गम्भिर हुनुपर्छ ।

भुसालले निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित बनाउनका लागी पत्रकारहरुले ध्यान दिनुपर्ने बताए । उनले मतदातालाई कसले पनि प्रभावमा पार्न खोज्छ यसको खोज पत्रकारहरुले गर्नुपर्ने जानकारी दिए ।