१ कार्तिक २०८३, आइतबार

भारत्तोलनकी ‘गोल्ड मेडलिस्ट’ सन्जु चौधरी झुन्डिएको अवस्थामा मृत फेला परिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख। भारत्तोलनकी किर्तिमानी नेपाली महिला खेलाडी सञ्जु चौधरी झुन्डिएको अवस्थामा मंगलबार मृत फेला परेकी छन्।

ललितपुर लुभुस्थित प्रशिक्षक सन्जय महर्जनको घरमा उनी सलले पासो लागेको अवस्थामा फेला परेकी हुन्।

दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला भारत्तोलन खेलाडी सञ्जुले १३ औं सागमा उक्त सफलता हात पारेकी थिइन्।

एसीयाली खेलकुदको तयारी गरिरहेकी मृतक खेलाडीको स्थायी घर नेपालगञ्ज हो। उनको हत्या भएको हुनसक्ने पनि अनुमान गरिएको छ। यद्यपि प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।