७ कार्तिक २०८३, शनिबार

जिल्लाभर वडाध्यक्षमा महिला उम्मेदवार निर्मला वाग्ले भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-विवि श्रेष्ठ

तनहुँ, २७ वैशाख । महिलाको सहभागितालाई संविधानमा नै नेतृत्व तहमा स्थापित गराउने व्यवस्था गरेता पनि तनहुँ जिल्लाभरमा कमै मात्र महिला उम्मेदवारले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यसैमध्ये जिल्लाको म्याग्दे गाँउपालिका वडा नं ६ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्मला वाग्लेले उम्मेदवारी दिएका हुन् ।

महिला आफैँमा कमजोर छैन, यहाँको राज्यव्यवस्थाले महिलालाई कमजोर बनाएको हो । वडाध्यक्षका उम्मेदवार निर्मलाले बताइन् । नेतृत्व तहमा महिलाको सहभागिता एकदम न्युन छ । यो भनेको पुरुष मानसिकताको उपज हो ।

अवसर पायो भने महिलाले पनि केही गर्न सक्दछ भन्ने पुष्टि गर्न पनि अहिले मेरो उम्मेदवारी र जितको आधार हो । महिला सधै राज्य संचालनमा सहयोगीको भुमिका मात्र रह्यो ।

पार्टीले मुल्यांकन गरेर म्याग्दे ६ मामलाई वडाध्यक्षमा अगाडी सारेको छ । योसँगै महिला पनि योग्य छ भन्ने पुष्टि गर्न र जितेर देखाउने साहस बढेको छ, वडाध्यक्षका उम्मेदवार निर्मलाले भने ।

पार्टीले महिलाको सहभागिता सुनिश्चित गर्न र महिला पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्दछ भन्ने विश्वासका साथ वडाध्यक्षमा टिकट दिइएको नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

समानता र नेतृत्व विकास लिङ्गमा होइन, योग्यता, क्षमता र कार्यकुशलतामा भर पर्दछ, यसका लागि म्याग्दे–६ का उम्मेदवार निर्मला योग्य छन्, अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने ।

महिला समाजको सारथी मात्र होइन, नेतृत्वकर्ता पनि हुन् । यसका लागि महिला सक्षम हुनु जरुरी छ । यसका लागि महिलाको वृद्धि र नेतृत्व विकास मेरो प्राथमिकता हुनेछ, वडाध्यक्षका उम्मेदवार केसीले भनिन् ।

वडाध्यक्षका उम्मेदवार निर्मला केसी यस अघि भएको स्थानीय तहको निर्वाचनमा सोही ठाँउवाट वडा सदस्यमा निर्वाचित हुन् । यसैगरि म्याग्दे–६, को अन्य सदस्यहरुमा अनु महतश्रेष्ठ, हिमला परियार, मनोज गुरुङ्ग र एकराज शाहीले चुनावी मैदानमा प्रतिष्पर्धा गर्दैछन् ।