८ कार्तिक २०८३, आइतबार

कालिकामा हुने एमालेको बृहत जनसभाको हुँदै, उपाध्यक्ष बादलसहितका नेताहरुले सम्बोधन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २७ वैशाख । नेकपा एमालेको आज कालिकाको पदमपुरमा हुने बृहत जनसभाको तयारी पुरा भएको छ ।

कालिकाको ११ वटै वडाबाट आउने बाजागाजा सहितको र्यालीले नगरको विभिन्न भाग परिक्रमा गरि दिउसो २ बजे पदमपुरको भिमोदय माबीमा पुगि सभामा परिणत हुने छ ।

एमालेले आजको सभालाई शक्तिप्रदर्शनको रुपमा लिएको छ । सो बृहत सभामा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कालिका नगर कमिटीका सचिव शुदर्शन अधिकारीले जानकारी दिए ।