
काठमाडौँ, २७ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका लवरु चौधरीको मृत्यु भएको छ ।
चौधरीको सोमबार राती निधन भएको हो ।
निर्वाचन प्रचारकै क्रममा बिरामी परेका उनको नेपालगञ्जमा उपचार गरिए पनि सुधान नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको थियो ।
उनको शवलाई दाङ लैजाने तयारी भइरहेको जनाइएको छ ।
५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित थिए ।















प्रतिक्रिया