
महोत्तरी, २६ बैशाख । भंगाहा नगरपालिका-६ जमुनीयास्थित निर्माणाधिन क्रसर उद्योग नजिक राखेको ट्रान्सफर्मर अचानक पड्किएर उद्योग नजिक रहेको घरमा आगलागी हुँदा धनुषा मिथिला नगरपालिका-२ नक्साझीज बस्ने ५० वर्षीय दिनेश महतोको आइतबार दिउँसो मृत्यु भएको छ।
ट्रान्सफर्मर अचानक पड्किएर उक्त क्रसर उद्योग रेखदेख गर्न सो घरमा बसेका दिनेशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट
जमुनियाबाट खटिएको प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो ।
आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन र अन्य जिन्सी मालसामान जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया