२ कार्तिक २०८३, सोमबार

रुसमाथिको दबाव बढाउन थप प्रतिबन्ध गरिदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ वैशाख । दोस्रो विश्वयुद्धमा रुसले ९ मे अर्थात आजकै दिन हिटलरको नाजी सेनालाई पराजित गरेको थियो । यस दिनको महत्वलाई ध्यानमा राख्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज नै युक्रेनविरुद्ध युद्धको घोषणा गर्न सक्नेछन् ।

यसबाहेक रुसी सेनाले युक्रेनी सहर मारियुपोलमा परेड गर्न सक्नेछ । रुसले हालसम्म युक्रेनमा भएको आक्रमणलाई विशेष अभियानको रुपमा व्याख्या गर्दै आएको छ ।

अर्कोतर्फ रुसमाथि दबाब बढाउन अमेरिका, जी–७ देश र युरोपेली युनियनले प्रतिबन्धको दायरा बढाएका छन् । रुसी अर्थतन्त्रलाई धक्का दिन मस्कोबाट तेल आयातमा प्रतिबन्ध लगाउने भनिएको थियो । तर, यसका लागि कुनै समय सीमा तोकिएको छैन ।-एजेन्सी