
– सन्दिप भट्ट
चितवन, १५ बैशाख । पृथ्वी राजमार्ग अन्तर्गत नारायणगढ-मुग्लिङ सडकखण्डमा पर्ने कालीखोला नजिक पहिरो खस्दा अवरुद्ध बनेको राजमार्ग यतिबेला संचालनमा आएको छ । कालीखोला नजीकै सडक माथिबाट ढुङ्गा खस्दा २ घण्टा राजमार्ग अवरुद्ध भएको थियो ।
राजमार्ग अवरुद्ध हुँदा चितवन भएर काठमाडौ, पोखरा यात्रारत सयौं सवारी साधन र हजारौ यात्रु अलपत्र परेका थिए । चितवनको नारायणगढवाट ३२ किलोमिटर मुग्लिङतर्फ पहिरो खसको हो । सो क्षेत्रमा आईतवार राति पनि पहिरो खस्दा १६ घण्टा सडक अवरुद्ध भएको थियो ।
आज दिउसो एक्कासी माथिबाट ढुङगा खस्न थालेपछि सवारी साधनहरु बीच सडकमा अलपत्र परेका थिए । पहिरो खसेका थाहा पाएपछि चितवनको नारायणगढ क्षेत्रवाट गएका सवारी साधनलाई रामनगरमा रोकाईएको थियो ।
रोकिएको सवारी साधन आँपटारीसम्म लामबद्ध देखिन्थे । अहिले केही समय अघिबाट राजमार्ग खुलेको ईलाका प्रहरी कार्यालय जुगेडीले जनाएको छ । राजमार्ग खुलेसंगै बीच वाटोमा अलपत्र रहेका यात्रुहरु गन्तब्यतफ लागेका छन् ।

























प्रतिक्रिया