
काठमाडौँ, २५ वैशाख । दैलेखमा सकेट बम फेला परेको छ ।
जिल्लाको आठबीस नगरपालिका– ६ रोलमा फेला परेको सकेट बम नेपाली सेना, नेपाल प्रहरीको टोलीले डिस्पोज गरी बम निष्क्रिय गर्ने तयारी गरेको छ ।
प्रहरीका अनुसार खनजोत गर्दा स्थानीयले बम फेला पारेका हुन् ।
प्रहरीका अनुसार पहिले सुरक्षाफौजकै ब्यारेक भएका कारण जमिनमुनि लुकाइएको अवस्थामा बम भेटिएको हो ।
सशस्त्र युद्धताका २०६० सालमा यहाँ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीको ब्यारेक बसेको थियो ।
बम १० १५ वर्ष पुरानो भएको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया