नयाँदिल्ली । नेपालमा आएको महाभूकम्पले हजारौंको ज्यान लिइरहेका बेला भारतमा पनि त्यसको प्रभाव नराम्रोसँग परेको छ । हालसम्म भारतमा मर्नेको संख्या सय जना पुगिसकेको छ ।
भुकम्पले धेरैको मनमा मरिन्छ की भन्ने त्रास पनि छ । त्यही त्रासका कारण भारतमा एक दम्पत्तीले संगै मर्ने कसम खाएर संसार त्यागेका छन् । भारतको उत्तरप्रदेशका ६५ वर्षीय किसान रामकृपालले भूकम्पको त्रासले आफूसँगै आफ्नी श्रीमतीलाई पनि यमराजको दरबार लगेका छन् ।
रामकृपाल जमिनदारका बफादार कर्मचारी थिए । तर परेको बेला जमिनदारको सहयोग नपाएर तनावमा रहेका रामकृपालले भूकम्प आएको हल्ला थाहा पाएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।
उनले आगो लगाएपछि उनकी श्रीमती पनि सँगै मर्ने कसम खाएर रामकृपालको शरीरमा टाँसिएकी थिईन् । शरीरमा पेट्रोल खन्याएर उनीहरुले आगो लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले जमिनदारबाट ५० हजार रुपैयाँ ऋण मागेका थिए । तर, त्यो रकम जमिनदारले दिएनन् । वफादार कर्मचारी रामकृपालले जमिनदारबाट पैसा नपाएपछि निकै तनावमा थिए ।
भूकम्पबाट मरिने चिन्तासँगै जमिनदारले दिएको पीडा सहन नसकेर रामकृपालले आत्महत्याको बाटो रोजेको प्रहरीको भनाई छ । उनीहरुको शवलाई अस्पताल लगिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । एजेन्सी















प्रतिक्रिया