४ कार्तिक २०८३, बुधबार

भूकम्पमा मृत्यु हुनेको सङ्ख्या चार हजार तीनसय ५५ पुग्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dead bodies of small childrens were recoveredकाठमाडौँ, १५ वैशाख । गत शनिबार मध्यान्ह गएको भूकम्पमा परी अहिलेसम्म चार हजार ३५५ जनाको मृत्यु हुनाका साथै आठ हजार ६५ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।

उपत्यकाको काठमाडौँ जिल्लामा एक हजार ३९, भक्तपुरमा २४३ र ललितपुरमा १५९ जनाको ज्यान गएको छ । काठमाडौँमा दुई हजार १४२, भक्तपुरमा एक हजार ८८६ र ललितपुरमा ८८५ जना घाइते भएका छन् ।

यसैगरी, पूर्व क्षेत्रमा ५०, मध्यक्षेत्रमा दुई हजार ५९८, पश्चिम क्षेत्रमा २६४ र मध्य पश्चिम क्षेत्रमा दुई जनाको ज्यान गएको छ । पूर्व क्षेत्रमा ११२, मध्यक्षेत्रमा दुई हजार ६९८, पश्चिम क्षेत्रमा ३२२ र मध्य पश्चिम क्षेत्रमा २० जना घाइते भएको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।

तीन हजार ९८२ को शव आफन्तलाई बुझाइयो

काठमाडौँमा ९०७, भक्तपुरमा २४३, ललितपुरमा १५६, पूर्व क्षेत्रमा २९, मध्यक्षेत्रमा दुई हजार ४१६, पश्चिम क्षेत्रमा २२९ र मध्य पश्चिम क्षेत्रमा दुईजना गरी जम्मा तीन हजार ९८२ को शव मृतकका आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । विभिन्न अस्पतालमा रहेका शवको सनाखतका लागि पहल भइरहेको छ ।

एक हजार ६०० पर्यटकको उद्धार

मनाङ र मुस्ताङ क्षेत्रबाट एक हजार ६०० पर्यटकलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले उद्धार गरी सकुशल पोखरा ल्याइएको छ ।

विभिन्न मुलुकका गरी काठमाडौँमा ४, सोलुखुम्बुमा ५, मकवानपुरमा एकजना गरी १० जना पर्यटकको भूकम्पमा परी ज्यान गएको छ । रासस