४ कार्तिक २०८३, बुधबार

शनिबार गएको भूकम्पको नाम ‘गोरखा भूकम्प’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । सामान्यतया ठूला विनासकारी भूकम्पलाई सम्बन्धित भूकम्प केन्द्रबिन्दुस्थलको नामबाट चिनिने अन्तर्राष्ट्रिय अभ्यास छ ।

शनिबार नेपालमा गएको ७.६ रेक्टर स्केलको विनासकारी भूकम्पले गोरखालाई केन्द्रबिन्दु बनाएकाले त्यसलाई पनि ‘गोरखा भूकम्प’का नामले चिन्नुपर्ने राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउनुहुन्छ ।

नेपालमा १९९० सालमा गएको ८.४ रेक्टर स्केलको विनासकारी भूकम्प तत्कालीन नेपाल (हालको काठमाडौँ उपत्यका) र भारतको विहारलाई केन्द्रबिन्दु बनाएर गएकाले त्यसलाई ‘नेपाल–विहार भूकम्प’ का नामले चिनिन्छ ।

त्यस्तै, २०४५ सालमा गएको ६.७ रेक्टर स्केलको भूकम्प पूर्वाञ्चलको उदयपुरलाई केन्द्रबिन्दु बनाएर गएकाले त्यसलाई ‘उदयपुर भूकम्प’का नामले चिनिने गरेको उहाँ बताउनुहुन्छ ।

विश्वमा गएका ठूला–ठूला विनासकारी भूकम्पको नाम त्यसैगरी भूकम्पको केन्द्रबिन्दु स्थलका नामबाट नै नामकरण गरिएको छ । २० औँ शताब्दीमा विश्वमा आएका ठूला भूकम्प जस्तैः चिली, जापान, चीन, रुसलगायतका मुलुकमा आएका विनासकारी भूकम्प पनि भूकम्पको केन्द्रबिन्दुका नामबाट नै चिनिन्छन् । रासस