काठमाडौंँ १५ वैशाख । राष्ट्रपति डा रामवरण यादव आज सिंहदरबारस्थित गृह मन्त्रालयमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा जानुभई भूकम्पपछिको समग्र उद्धार प्रक्रिया र स्थितिबारे जानकारी लिनुभएको छ ।
राष्ट्रपति यादव आकस्मिक रुपमा सिंहदरबार आई वस्तुस्थिति र प्रगतिबारे जानकारी लिनुभएको अर्थमन्त्री डा रामशरण महतले जानकारी दिनुभयो । सो क्रममा राष्ट्रपति यादवले दैवी प्रकोपका समयमा सबै मिलेर समन्वयात्मक रुपमा काम गर्न आग्रह गर्नुभएको थियो ।
राष्ट्रपति यादवलाई उद्धार कार्यको प्रगतिबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले अवगत गराउनुभएको थियो ।
मन्त्रालयभित्र केन्द्रीय उद्धार केन्द्रको कार्यालय पनि रहेको छ । दुई दिनअघि मन्त्रिपरिषद्को आकस्मिक बैठक सोही स्थानमा बसेको थियो । रासस
















प्रतिक्रिया