४ कार्तिक २०८३, बुधबार

भूकम्पको प्रभाव कम हुँदैछ, हल्लाको पछि नलाग्नुस् : नाष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naast-logoकाठमाडौँ, १५ वैशाख । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ठूलो भूकम्पपछि साना-साना झट्का आउनु सामान्य प्रक्रिया भएको भन्दै अन्य हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

प्रतिष्ठानले यसको प्रभाव क्रमशः न्यून हुँदै जाने पनि जनाएको छ । मुलुकमा पुनः ठूलो रेक्टर स्केलको भूकम्प आउनसक्ने तथा ज्वालामुखी विस्फोट हुनेजस्ता हल्लाको पछि नलागी वैज्ञानिक तथ्यका आधारमा सूचना ग्रहण गर्न सर्वसाधारणमा नास्टले आज आग्रह गरेको हो ।

गत शनिबार गएको भूकम्प र त्यसपछिका पराकम्पलाई आधार मानेर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा थप ठूलो विपत्ति आउने हल्ला फिँजाएको कार्यलाई नास्टले ‘अनर्गल’ भएको टिप्पणी गरेको छ ।

नास्टका सचिव डा बुद्धिरत्न खड्गेले आज जारी गर्नुभएको विज्ञप्तिमा हालसम्म कुनै भूकम्पको मिति, प्रकार र क्षमता आँकलन गर्न सक्ने प्रविधि विकसित भइनसकेको जनाइएको छ ।

विज्ञप्तिमा यसबीचमा भूकम्पको केन्द्रविन्दु गोरखाको वारपाक, सिन्धुपाल्चोक-दोलखाको सिमाना हुँदै इलामसम्म भएको देखिएकाले यो पश्चिमबाट पूर्वतिर गएको र यसको प्रभाव क्रमशः न्यून हुँदै जाने देखिएको उल्लेख गरिएको छ ।

नास्टले पीडित परिवारमा समवेदना व्यक्त गर्दै भूकम्पपछि हुन सक्ने महामारीबारे सचेत रहन पनि आग्रह गरेको छ । रासस