भैरहवा, १५ वैशाख । नेकपा एमाले रुपन्देहीले मूलुकमा आई परेको राष्ट्रिय बिपतको मिलेर सामना गर्न सबैसँग आब्हान गरेको छ । एमाले रुपन्देहीद्धारा मंगलबार जारी एक प्रेस बिज्ञप्तीमा गत १२ गते गएको बिनाशकारी भूकम्पले मूलुकलाई अपुरणीय क्षती पु¥याएको उल्लेख गर्दै सामुहिक रुपमा संकटको सामना गर्न आग्रह गरेको हो ।
एमाले रुपन्देहीका प्रचार बिभाग प्रमुख तेजेन्द्र केसीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा मृतकहरु प्रति श्रद्धान्जली ब्यक्त गर्देै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौं भनिएको छ ।
बिज्ञप्तीमा देशभरी देखिएको यो बिपतलाई आम नागरिकको समस्याको रुपमा लिई उद्धार कार्यमा लाग्न तथा पीडित परिवारमा राहत दिने गरी अभियान सञ्चालन गर्न आग्रह गरिएको छ ।
‘हामी संकटमा छौ, यो समय संकटको डटेर समाधान गर्ने समय हो, मुलुकमा आईलागेको यो अकल्पनीय बिपतको बेला सहयोगी भावनाका साथ लाग्नु आजको आवश्यकता हो’ बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा संकटको यो घडीमा सहासका साथ काम गर्न र धैर्य धारण गर्न आग्रह गर्दै हतोत्साहीत नहुन हार्दिक अपिल गरेको जिल्ला प्रचार विभाग सचिव दिनेश पाण्डेले जानकारी दिएका छन् ।















प्रतिक्रिया