
काठमाडौँ, २२ वैशाख । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा (एमाले) र केपी शर्मा ओलीविरुद्ध सत्तारुढ गठबन्धन बनाइएको बताएका छन् ।
चितवनमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले आफ्ना पार्टीका वा गठबन्धनका एजेण्डा भन्दा बढी समय केपी ओलीको कुरा गर्दै गठबन्धन ओलीविरुद्ध भएको बताए ।
उनले गठबन्धन नभएको भए प्रदेशमा आफ्ना नेताहरुले मुख्यमन्त्री वा मन्त्री बन्ने अवसर पाउने थिएनन् भन्दै उनले कार्यकर्ताहरुलाई गठबन्धनको निर्देशन मान्न पनि आग्रह गरे ।
त्यस्तै, उनले आफूहरुले विरोधी एमाले र ओली भएको बताए । सभामा बोल्ने अधिकांशले ओलीको विरोध गरेका छन् । नेताहरुको यस्ता अभिव्यक्तिले गठबन्धनका दलहरु पराजित मानसिकतामा रहेको स्पष्ट हुन्छ ।















प्रतिक्रिया