
सिन्धुपाल्चोक, २२ वैशाख । सभामुख अग्नि सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्रभित्र विद्रोह भएको छ ।
पार्टी नेतृत्वले परिवाद लादेको भन्दै माओवादी भातृ संगठन वाइसिएलका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इंचार्ज सुरेश राना ‘योगदान’ को नेतृत्वमा सिंगो ठुलो सिरुवारीका युवाहरू नेकपा एमालेमा समाहित भएका छन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा पार्टीमा स्वागत गरेका छन् ।
उनीहरुले माओवादी परिवारको कोटरीमा पुगेको र कम्युनिष्ट विरोधी भएको भन्दै एमाले प्रवेश गरेको बताए ।
















प्रतिक्रिया