काठमाडौं, १५ वैशाख । भुगोलविद्हरुले अब ठूलो भूकम्प नआउने बताएका छन् । शनिवार गएको ७.६ रेक्टर स्केलको भूकम्पपछि निरन्तर स-साना कम्पनले सर्वसाधारणलाई त्रसित बनाएपछि भुगोलविद्हरुले अब ठूलो भूकम्प नआउने हुँदा सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् ।
भैरहवा सम्वाददाता नरेश केसीसँग कुराकानी गर्दै भुगोलविद् सहप्राध्यापक उमेश चन्द्र रिजालले इतिहासलाई अध्ययन गर्दा समेत ठुलो भूकम्पको तरङ्ग केही घण्टा सम्म आउने भएकोले त्यति आत्तिहाल्ने अवस्था नभएको बताए ।
त्रिभुवन विश्वविद्यालय भुगोल विषयका प्राध्यापक रिजालले शनिवारपछि आएको तरङ्ग ‘अफटर शक’ भएको बताए । उनले भने-‘स–साना तरङ्ग आइरहन्छन तर ठूलो भुकम्प आउँदैन् । साँच्चै भन्ने हो भने ठूलो भुकम्पको संकट टरेको छ ।’
शनिवारको भूकम्प विनाशकारी नै भएको उनले बताए । भुगोलशास्त्रको प्लेटटेक्टोनिक थ्युरीले पनि भूकम्प गएको केही घण्टा सम्म तरङ्ग सृजना गर्ने तथ्य सिद्ध गरे अनुसार शनिवारको भुकम्पको तरङ्ग आइरहेको मात्रै उनको दाबी छ ।
भुगोलविद् रिजालले भने-‘यो भूकम्प भारतीय उपमहाद्धिप र तिब्बती प्लेटबीचको टकराव हो । जसको केन्द्र नेपाल भएकोले ठूलो असर पुगेको छ ।’













प्रतिक्रिया