८ कार्तिक २०८३, आइतबार

स्थानीय तह निर्वाचनः भारतसँगको सीमा नाका ७२ घण्टा बन्द गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भारतसँगका सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ ।

वुधबार चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत बिहार प्रदेशअन्तर्गत पर्ने पश्चिम चम्पारनका सुरक्षा अधिकारीहरुको सुनवलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

वैशाख २७ गते बेलुकी ७ बजेदेखि वैशाख ३० गते बेलुकी ७ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् ।

पोखरेलले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सीमा क्षेत्रमा रहेका भारतीय सुरक्षा अधिकारीहरुको पनि सहयोग आवश्यक रहेकाले बैठक आयोजना गरिएको बताए ।

निर्वाचनका समयमा सीमा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र त्यसले निर्वाचनलाई बिथोल्न सक्ने भएकाले त्यसको नियन्त्रणका लागि सीमा क्षेत्रमा गस्ती बढाएर निगरानी गर्ने निर्णय भएको छ ।

सीमा शिल भए पनि वैवाहिक कार्यक्रम र एम्बुलेन्सलाई भने आवतजावत गर्न दिइने छ ।