
काठमाडौँ, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीबारे चासो व्यक्त गरेकी छन् ।
वधुबार राष्ट्रपति भवन शीतल निवासमा निर्वाचन आयोगका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका क्रममा भण्डारीले निर्वाचनबारे चासो व्यक्त गरेकी हुन् ।
जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले वैशाख २५ गतेदेखि निर्वाचन कार्यतालिका स्वीकृत गरी निर्वाचनको तयारीको कार्य अन्तिम चरणमा पुगेको बताए ।
राष्ट्रपति भण्डारीबाट निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन र मतदाताहरुले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्वाद रुपमा मत हाल्ने वातावरण बनाउन आयोग चनाखो रहन आयोगलाई सुझाव प्राप्त भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिः
















प्रतिक्रिया