८ कार्तिक २०८३, आइतबार

काभ्रेको रोशीमा भएको दुर्घटनाको अनुसन्धान गर्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको रोशी गाउँपालिका–११ मा पाँच जनाको ज्यान जानेगरी भएको दुर्घटनाको छानबिनका लागि निर्देशन दिएका छन् ।

खाँणले काभ्रको डालावेशीमा भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

उनले छानबिन समिति बनाउन निर्देशन दिएका हुन् ।

वुधबार मध्यान्ह काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप ठक्कर खाँदा दुई महिला, दुई पुरुष र एक बालक गरी ५ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ ।