८ कार्तिक २०८३, आइतबार

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अवरोध पुर्‍याएको आरोपमा १० जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, २१ वैशाख । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अवरोध पुर्‍याएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका-१३ स्थित कार्यालय परिसरमा सेवाग्राहीको काममा अवरोध पुर्‍याउने, अभद्र व्यवहार गरेको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दियो ।

उनीहरूलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।