८ कार्तिक २०८३, आइतबार

विप्लवलाई कारवाही, हटाइयो महासचिवबाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट महासचिव विप्लवलाई हटाइएको छ ।

पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले विप्लवलाई पार्टीको महासचिवबाट हटाएको हो ।

वुधबारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पनि हटाउने निर्णय गरेको छ ।

चितवन भेलामा ४० बढी केन्द्रीय सदस्य उपस्थिति रहेको दावी गरिएको छ । कम्युनिष्ट पार्टीको आदर्शलाई मान्ने भनिए पनि पार्टीभित्र चरम विवादका कारण फुटेको छ । अहिले विभिन्न पक्षका बनेर पार्टी फुटेको हो ।