२ कार्तिक २०८३, सोमबार

रुसी हमलामा पूर्वी युक्रेनमा २१ सर्वसाधारणको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किएभ, २१ वैशाख । रुसको पछिल्लो हमलामा कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ ।

पूर्वी युक्रेनमा भएका ती हमलामा २७ जना घाइते भएका दोनेत्सका गर्भनरले बताए । पूर्वी युक्रेनमा रुसले आफ्नो सैन्य कारबाही तीब्र पारेको छ ।

रुसको वायुसेनाले युक्रेनमा ३९ सैन्य केन्द्रमा आक्रमण गरेको रुसी रक्षा मन्त्रालयका अधिकारीलाई उदृत गर्दै रुसी समाचार संस्था तासले जनाएको छ ।

तीमध्येः दुई कमाण्ड पोष्ट र युक्रेनको सशस्त्र बलको जनशक्ति र सैन्य उपकरणहरूको क्षेत्र रहेको मन्त्रालयका मेजर जनरल इगोर कोनासेन्कोभले बताए । एजेन्सी