
-विवि श्रेष्ठ
म्याग्दे, २० वैशाख । नेपाल कम्युनिष्ट पार्टी(एमाले) तर्फबाट म्याग्दे गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाउँपालिकालाई जिल्लाकै उत्कृष्ट पालिका बनाउने बताए ।
स्थानिय तहको निर्वाचनको संघारमा घरदैलो कार्यक्रमको अवसरमा उनले सो कुरा बताएका हुन् ।
सामरिक महत्व बोकेको म्याग्दे गाउँपालिका समग्रतामा सुगम भएता पनि विगतका गाउँपालिकाबाट उल्लेखनिय काम केही हुन नसकेको हुँदा अबका दिनमा आफूले गाउँपालिकाको नेतृत्व गरेर गाउँपालिकालाई नै उत्कृष्ट पालिका बनाउने बताएका हुन् ।
नेतृत्वको क्षमताले गाँउपालिका र समग्र जनताको जीवनस्तर नै परिवर्तन हुने हुँदा त्यसका लागि आफूले नेतृत्व लिन पहल गरेको बताए । कुर्चि प्राविधक पक्ष हो । नेतृत्व क्षमता नेतृत्वकर्तामा भर पर्दछ, यसका लागि म योग्य छु, अध्यक्षका उम्मेदवार श्रेष्ठले भने । म्याग्देको समथर भुभाग र यसको उव्जनी योग्य जग्गा आफैँमा उर्जा हो । यसको व्यवस्थापन गर्न सकियो भने म्याग्दे हरेक कुरामा आत्मनिर्भर बन्नेछ, श्रीप्रसादले भने ।
युवा र उत्पादनलाई जोडेर आम्दानीको श्रोत वढाउन सकिन्छ । सीपमुलक कामले आत्मनिर्भर बनाउने हुदाँ युवालाई उत्पादन र सीपसँग जोड्नुपर्ने समेत उनले बताए ।
यसैगरि उपाध्यक्षका उम्मेदवार रत्नादेवी घिमिरेले समानता र न्याय आफनो मुलआधार भएको वताए । योग्यता र क्षमताको आधारमा मुल्यांकन हुनुपर्ने उपाध्यक्षका उम्मेदवार घिमिरेले बताइन् ।
पालिकाका जामुने, काफथोक, थर्पुमा चुनावी घरदैलोमा आमजनतासँग प्रत्यक्ष जनसरोकारका विषयमा छलफल गरिएको नेकपा एमाले म्याग्दे गाउँ कमिटीका अध्यक्ष वसन थापाले वताए ।
















प्रतिक्रिया