
काठमाडौँ, २० वैशाख । नेपालमा स्थानीय तहको निर्वाचनको सम्मुखमा काठमाडौँ आएका भारतको कांग्रेस आईका नेता राहुल गान्धीले ठमेलको एक क्लबमा केही समय बिताएका छन्े ।
साथी तथा सीएनएन पत्रकार सुम्निमा उदासको विवाहमा हुन गान्धी काठमाडौँ आएको बताइए पनि राजनीतिक उद्देश्य रहेको हुनसक्ने विश्लेषकहरुको तर्क छ ।
नेता गान्धीले सोमबार राति ठमेलस्थित एलओडी लाउन्ज पुगेर ‘ह्याङआउट’ गरे । सामान्य व्यक्तिजस्तै लाउन्जमा पुगेर उनी रमाइलोमा सरिक भएको तस्वीर र भिडियो बाहिरिएको छ ।
कुनै सुरक्षा बिना उनी त्यहाँ पुगेका थिए । प्रहरीले सूचना पाएपछि सुरक्षा व्यवस्था कडा बनाएको थियो ।
गान्धीसहित २५ जनाको टोली एलओडी पुगेको क्लबले जनाएको छ ।
मध्यरातमा ठमेल पुगेका गान्धीले त्यहाँ करिब डेढ घण्टा समय बिताएका थिए ।















प्रतिक्रिया