
काठमाडौं। एउटा सैनिक महिला दम्पत्तीको प्रेमकथाका रुपमा ‘सुन सानो कथा’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको युगल स्वरको म्युजिक भिडिओको निर्देशन जनकदिप पराजुलीले गरेका छन्।
शव्द, संगीत भने गायक ढकालको अवधारणामा उतारिएको छ।
अभिनेता आर्यन सिग्देल र रोजी पन्तको अभिनय रहेको म्युजिक भिडिओका प्रस्तोता अमर रसाइली हुन्। पन्त अभिनित फिल्म ‘पर्पला’ रिलिजको तयारीमा छ।
एम्सन इन्टरटेन्टमेन्ट र ओएमजी इन्टरटेन्टमेन्टको ब्यानरमा भिडिओ निर्माण भएको छ। म्युजिक भिडिओको सृजनात्मक शिल्प भने फिल्म निर्माता, अभिनेता भानु प्रतापले गरेका हुन्।
गीतको संगीत संयोजन प्रमोद परियारले गरेका हुन्।
भिडिओका निर्माता सरस्वती गौतम, सृजना ल्वागुन र भिमराज रसाइली छन्। भिडिओको अन्तमा सस्पेन्स छोड्दै बाँकि अर्को कथामा भनिएको छ।
सागर प्रधानले छायाँकन गरेको भिडिओको सम्पादन भरत रेग्मीले गरेका छन्। उक्त भिडिओले सैनिक जीवन, नीजि जीवनबीचको प्रेमका उतारचढावलाई उनेको छ।















प्रतिक्रिया