८ कार्तिक २०८३, आइतबार

पाँच तलामाथिबाट खस्दा एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भक्तपुर, २० वैशाख । आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उहाँले बताउनुभयो ।–रासस