४ कार्तिक २०८३, बुधबार

गोरखामा हालसम्म ३७३ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Gorkha`

गोरखा, १५ वैशाख । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गत शनिबार गएको विनासकारी भूकम्पका कारण यहाँ हालसम्म ३७३ जनाको मृत्यु भएको छ ।

घाइतेलाई छवटा हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेपनि मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको छ ।

जिल्लाको लाप्राक, गुम्दा, काँसीगाउँ, केरौजा, लापु, उहियाँ, सिर्दिवासलगायत उत्तरी गाविस भूकम्पबाट बढी प्रभावित भएका छन् ।

भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा १०२ जनाको शव भेटिएको छ भने ९६ जना घाइतेको पोखराको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उत्तरी क्षेत्रमा भूकम्पले पानीको स्रोतहरु दबिएकाले ठाउँठाउँमा पानी आपूर्तिमा समस्या आएको छ ।

यसैगरी मनासलु पदमार्गमा रहेका विदेशी पर्यटक हराइरहेका छन् । ६ विदेशीको शव लापु गाविसको भीरमा भेटिएको छ । राहत वितरणमा कठिनाइ भएको बताइएको छ । रासस