१ कार्तिक २०८३, आइतबार

आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता विजयी, आज गुजरात र पञ्जाब भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, २० वैशाख । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।

आईपीएलको ४७औं खेलमा गएराति कोलकाताले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । १५३ रनको मध्यम लक्ष्य कोलकाताले ५ बल अगावै ३ विकेटको नोक्सानीमा भेट्टाएको थियो ।

कोलकाताका नितिश राना ४८ तथा रिंकु सिंह ४२ रनमा अविजित रहे । त्यस्तै कप्तान श्रेयर अइयरले ३४ रन जोडे । यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।

राजस्थानका कप्तान सञ्जु श्यामसनले ५४ रन जोड्दा सिमरोन हेट्मेयर २७ रनमा अविजित रहे । कोलकाताका टीम साउथीले २ विकेट लिए । आज गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच खेल हुने छ ।