२ कार्तिक २०८३, सोमबार

मारिओपोलस्थित स्टिल कारखानामा रुसले गर्‍यो फेरि हमला, दर्जनौँ बालबालिका जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किएभ, २० वैशाख । पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला शुरू भएको छ ।

सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका छन् ।

एजोभस्टल कारखानालाई ‘सबै प्रकारका हतियारहरू’ले हमला गरेको राष्ट्रिय गार्ड कमाण्डर डेनीज शेल्गाले बताए । आइतबार अन्तिम सो क्षेत्रमा आश्रय लिएका धेरै नागरिकहरू भाग्न सफल भएका थिए ।

तर, अझै दर्जनौँ साना बालबालिकाहरु कारखानाभित्रको बंकरमा रहेका ती अधिकारीले बताए । दक्षिणी बन्दरगाह सहरको कारखाना रुसी बमबारीमा परेको छ । आईतबार ठूलो संख्यामा सर्वसाधारणहरू त्यहाँबाट बाहिरिएपछि फेरि गोलाबारी शुरू भएको ती अधिकारीले युक्रेनी टेलिभिजनलाई बताएको बीबीसीले उल्लेख गरेको छ ।

स्टिलवर्कबाट उद्धारकर्ताहरूको पहिलो समूह सोमबार युक्रेनी–नियन्त्रित सहर जापोरिझियामा आइपुग्ने अपेक्षा गरिएको थियो । तर, उद्धार प्रयासमा ढिलाइ भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।