
काठमाडौं, १९ वैशाख । युकेमा रहेकी गीतकार गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ‘हाँस तिमी’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
सेन्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायिका मीलन नेवारको रहेको छ भने संगीत लोकप्रिय संगीतकार विक्रम थापाको रहेको छ । गीतलाई विसन मानन्धरले संगीत संयोजन गरेका हुन् ।
कुशल श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई कुशल श्रेष्ठले नै सम्पादन पनि गरेका छन् । म्युजिक भिडियोमा सिर्जना निङलेखु र सन्तोष राई फिचर्ड छन् । कुशल श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको हो ।
गीतकार गीता गिरीको युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको छ । यसअघि गीतकार गिरीको शब्दमा समावेश ‘ए पहरी फूल’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । निर्माण टीमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ ।















प्रतिक्रिया