८ कार्तिक २०८३, आइतबार

सीमाका भारतीय सञ्चारमाध्यमलाई अनुगमन गर्न आयोगको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपालको सीमा छेउका भारतीय सञ्चारमाध्यमको अनुगमन गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

त्यस्तै, सीमाका सञ्चारमाध्यमबाट आचारसंहिता विपरितका सामग्री प्रसारण नगर्न पनि आयोगले सजग गराएको छ ।

साथै सीमा छेउका मिडिया नियमन गराउन भारतीय सरकारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।