
काठमाडौँ, १८ वैशाख । सरकारले हप्तामा दुई दिन विदा दिने गरेको निर्णय निजी शैक्षिक संस्थाहरूले नमान्ने निर्णय गरेका छन् ।
विद्यार्थीहरूमा मानसिक प्रेसर पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भन्दै हप्तामा दुई दिन बिदा दिने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
निजी शैक्षिक क्षेत्रसँग कुनै छलफल नै नगरी अचानक सरकारले निर्णय गरेकोमा पनि आपत्ति जनाइएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले सातामा दुई दिन विदा दिने निर्णय नमान्ने स्पष्ट पारेको छ ।
त्यस्तै, राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघले पनि सरकारको निर्णयप्रति आपत्ति जनाउँदै निर्णय नमान्ने जनाएको छ ।















प्रतिक्रिया