
बुटवल, १८ वैशाख । नेपाली कांग्रेसका तर्फबाट बुटवल उपमहानगरपालिकाका मेयरका उमेदबार खेलराज पाण्डेलाई आर्थिक अपचलनको आरोप लागेको छ ।
पाण्डेले गत स्थानीय तहको निर्वाचनमा उद्योगी व्यवसायीबाट उठाएको ४० लाख रुपैयाँको हिसाब किताब पाटीलाई बुझाएका छैनन् । उनी मेयरको उमेदवार बन्दा निर्वाचन परिचालनका लागि उठाएको रकम पाटीलाई दिनु साटो पाण्डे आफैले राखेका थिए ।
कांग्रेस नेता कार्यकर्ताहरुले उक्त रकम तत्काल सार्वजनीक गरी यसपालीको चुनाव परिचालनमा लगाउन दवाव दिएका छन् । दवाव दिनेमा कांग्रेस नेता प्रकाश राना, गोपाल पाण्डे, मुक्ति अधिकारी, महेशमान सिंह लगायत छन् ।
तर, पाण्डेले आफू घरबार वीहिन भएको बताउदै आफूले लुकाएको रकम सार्वजनीक गर्न आनाकानी गरीरहेका छन् । उपमहानगरको सभापति आफै भएकाले त्यहा हिसाबबारे एजेण्डा राख्न नदिने उनले सभापति पदको दुरुपयोग गरी रकम आफैले कुम्ल्याएको कांग्रेस नेता कार्यकर्ताहरुको दावी छ । यसपाली पनि आफै बेघरबार भएको , चिया खाने समेत रकम नभएको भन्दै पाण्डेले रकम कुम्ल्याउन सहानुभूति बटुल्ने नाटक सुरु गरेको उनीहरुको आरोप छ ।
‘खेलराजमा चुनाव कसरी जितिन्छ र मतदाताका पक्षमा के गर्न सकिन्छ भन्ने भिजन छैन ।’ कांग्रेसबाट उमेदवारीका लागि प्रतिश्पर्धामा उत्रेका एक नेताले भने, ‘वास्तवमा खेलराजलाई चुनाव जित्न पर्छ भन्ने पनि वास्ता छैन । कसरी कुन सहानुभूति देखाएर रकम कुम्ल्याउन पाइन्छ भन्नेमात्र छ ।’
मेयरका प्रत्यासी खेलराजले गत निर्वाचनमा उठाएको ४० लाख रकम आफैले राखेपछि त्यसबेला नै कांग्रेस नेताहरुबीच खैलाबैला भएको थियो । उठाएको रकम आफैले कुम्याएपछि निर्वाचन परिचालन कमिटिले आवश्यक रकम समेत खर्च गर्न नसकेको गुनासो माथिल्लो कमिटिमा गरेको थियो ।
यद्यपि कार्यकर्ता विच्कीने र मतदातामा असर पर्ने भन्दै चुनावअवधीभर यसलाई गुपचुप राखिएको थियो । चुनाब लगत्तै त्यसबेला गठित निर्वाचन परिचालन कमिटीले पाण्डेलाई तत्काल रकम सार्वजनीक गर्न दवाव दिएको थियो । तर, आर्थिक समितिलाई आफ्नो प्रभावमा राखेर उनले उक्त रकम सार्वजनीक गरेका थिएनन् ।
पाण्डेले बेवास्ता गरेपछि उक्त कुरा क्षेत्र हुदै जिल्लामा पुगेको थियो । त्यसमा पाण्डेले केही दिनमा रकम सार्वजनीक गर्ने र हिसाब देखाउने प्रतिवद्धता जनाएका थिए । यद्यपि उनले निर्वाचनका लागि उठाएको लाखौं रकमको हिसाबकिताब अहिलेसम्म नबुझाएको राखेको कांग्रेस नेता कार्यकर्ताहरुको भनाइ छ ।
पाण्डेले मेयरमा दावेदारी प्रस्तुत गर्ने बेलामै कांग्रेसका केही नेताहरुले निर्वाचन परिचालन कमिटिको रकम कुम्ल्याएका पाण्डेलाई उमेदवार बन्न दिन नहुने तर्क पेश गरेका थिए ।मेयरमा दावेदारी दिएका र हाल कांग्रेस परित्याग गरेको घोषणा गरेका हरि लम्साल लगायतका नेताले सार्वजनीक कार्यक्रममै पाण्डेलाई आर्थिक घोटाला गरेको रकम सार्वजनीक गरी पाटीलाई दिन चुनौति दिएका थिए ।
तर, पाण्डेले बारम्बार आफू विपन्न रहेको, बेरोजगार भएको लगायतका बहाना बनाएर कुम्ल्याएको रकम सार्वजनीक नगरेको कांग्रेसका एक नेताले बताए । ‘पैसा भनेपनि खेलराजका त्रिनेत्र हुन्छन् । आफूले कुनै काम नगर्ने तर पाटीको नाम भजाएर रकम कुल्याउने उसको जीवनशैली नै बनेको छ ।’ उनले भने ।
कांग्रेका तर्फबाट मेयरका उमेदवार पाण्डेले यसपालि पनि आफू बेरोजगार र बेघरवार रहेको एवं चिया खान र रिक्साभाडा तिर्न पनि रकम नभएको भन्दै संचारमाध्ययमहरुमा अन्तरवार्ताहरु दिइरहेका छन् ।
चुनावमा कार्यकर्ता परिचालन गर्ने खर्च नभएको भन्दै चन्दाका लागि आफू निकटका व्यवसायीहरुलाई गुहार्न थालेका छन् । तर, रकम दुरुपयोग गरेको थाह पाएपछि धेरै उद्योगीव्यवसायीहरुले उनलाई सहयोग गर्न नसक्ने बताएका छन् ।
‘अघिल्लो चुनावमा म सुकुम्वासी हुं । मेरो केही छैन । सहयोग गर्नुस् भनेर ५ लाख रुपैया“ दिएको आफैले राखेछन् । कतै रेकर्ड छैन, ’ उद्योग वाणिज्य संघ बुटवलमा आवद्ध कांग्रेस निकटका एक सदस्यले भने, ‘यसपालि पनि रकम माग्न फोन गरेका थिए । पहिलेको हिसाब किताब बुझाए मात्र दिन्छु भनेको छु ।’















प्रतिक्रिया