
काठमाडौँ, १८ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा तोकिएको भन्दा बढी खर्च गर्न नपाइने स्पष्ट पारेको छ ।
त्यसका लागि आयोगले विविध पदका लागि निश्चित खर्च तोकेको छ ।
कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
महानगरपालिका:
मेयर र उपमेयरः ७ लाख ५० हजार रुपैयाँ
वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यः ३ लाख रुपैयाँ
उपमहानगरपालिका:
मेयर र उपमेयरः ५ लाख ५० हजार रुपैयाँ
वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यः २ लाख ५० हजार रुपैयाँ
नगरपालिका:
मेयर र उपमेयरः ४ लाख ५० हजार रुपैयाँ
वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यः २ लाख रुपैयाँ
गाउँपालिका:
अध्यक्ष र उपाध्यक्षः ३ लाख ५० हजार रुपैयाँ
वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यः १ लाख ५० हजार रुपैयाँ
जिल्ला समन्वय समिति
प्रमुख र उपप्रमुखः ५० हजार
अन्य पदः २५ हजार रुपैयाँ
आयोगले तोकेको उल्लेखित खर्च भन्दा गर्न नपाउने जनाएको छ ।
उम्मेदवारले मतदाता नामावली रसिद, सवारी साधन, इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी तथा कार्यकर्ता परिचालन, प्रचारप्रसार, कार्यकर्ता सञ्चालन र विविध शीर्षकमा उम्मेदवारले तोकेको खर्च गर्न पाउनेछन् ।















प्रतिक्रिया