
काठमाडौँ, १८ वैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विरोध गरेका छन् ।
कोइरालाले वरियता र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरिएको प्रति आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एक पटक विवादमा ल्याएको छ ।’
सरकारले आइतबार धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।















प्रतिक्रिया