काठमाडौँ, १४ वैशाख । नेकपा (एमाले) ले विनाशकारी भूूकम्पमा परेकाको उद्धार र दाहसंस्कारमा सहयोग गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।
एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टी सम्बद्ध सबै सङ्गठनका कार्यकर्तालाई तत्काल उद्धार, राहत र सहयोगमा जुुट्न निर्देशन दिएको हो । एमालेको आइतबारको स्थायी कमिटी बैठकले उद्धार र राहतमा सघाउने निर्णय गरेको थियो ।
एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सचिवालयले बैठकले युवा र विद्यार्थीलाई रक्तदान अभियानमा जुुट्न निर्देशन दिएको छ । यस्तै अस्थायी शिविरमा खानेपानीलगायत काममा सहयोग गर्न सबै शक्ति लाग्ने एमालेले जनाएको छ । एमाले निकट स्वास्थ्यकर्मी सङ्घले शिविरमा गई उपचारका लागि सहयोग गर्दैछ । रासस
















प्रतिक्रिया