
काठमाडौँ, १८ वैशाख । सरकारले दुई जना सिनियरलाई पन्छाउँदै धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी थालेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
सरकारले गरेको नियुक्तविरुद्ध एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापा सर्वाेच्च अदालत जान लागेका हुन् ।
उनीहरु अदालत जाने तयारीमा रहेको निकट स्रोतले दैनिक नेपाललाई जानकारी दिएको छ ।
सिंहभन्दा पोखरेल डेढ वर्ष अघि र थापा एक वर्षअघि एआईजीमा नियुक्त भएका थिए ।















प्रतिक्रिया