८ कार्तिक २०८३, आइतबार

राप्रपा अब देशको तेस्रो ठुलो पार्टी बन्दैछः केन्द्रीय उपाध्यक्ष गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले आफ्नो पार्टी निर्वाचनपछि देशकै तेस्रो ठूलो पार्टी बन्ने दावी गरेका छन् ।

राप्रपामा नेतृत्व परिवर्तनसँगै युवाहरुको आगमन भएको उनको दावी छ ।

‘पछिल्लो समयको तथ्यांकले यो देखाउँछ कि, हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति धेरै जनताको आशा धेरै बढेको छ । र, पार्टीमा पछिल्लो समय देखिएको आकर्षणले पनि यो कुरालाई पुष्टी गर्छ ।’ पोखरामा आयोजित राप्रपाको स्थानीय तह निर्वाचनका उम्मेदवार प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा राप्रपा केन्द्रीय उपाध्यक्ष गुरुङले भने–‘हामी धर्मयुद्धमा छौँ । र, यो कुरामा स्पष्ट हुनुहोस् कि अन्त्यमा धर्मकै जित हुन्छ ।’

उनले पार्टी अध्यक्ष राजेन्द्र लिंदेनले पार्टीमा माहोल बनाएको भन्दै पार्टीको स्वरुप फेरिने दावी गरे । ‘राजेन्द्र लिंदेनको नेतृत्वले यो माहौल बनाएको हो । र, पार्टीको स्वरुप पनि अब चाँडै फेरिने निश्चित छ ।’ उनले भने ।

त्यस्तै, उनले आफ्ना उम्मेदवारहरुलाई अरुलाई गालीगलौज नगर्न पनि आग्रह गरे । ‘हामीले हाम्रो एजेन्डाले जनताको मन जित्ने हो । र, चुनाव पनि त्यहि जनमतले जिताउने हो । हामी धार्मिक पार्टी हौँ र हामीले कसैलाई गाली गरेर आफुलाई चोख्याउने काम गर्नुहुँदैन ।’ गुरुङले भने–‘जनता माझ गएर जबरजस्ती आफ्ना धारणा मात्रै नसुनाउनुहोस् । बरु सकेसम्म जनताको कुरा सुन्ने गर्नुहोस् ।’ उनले जनताले राजनीतिक विकल्प खोजेकोले त्यो विकल्प राप्रपा बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, केन्द्रीय सदस्य डा. महेन्द्र बहादुर केसी, राप्रपा नेता जयलाल पुन, जिल्ला अध्यक्ष नारायण गुरुङ लगायतले बोलेका थिए ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीमा शनिबार एकैदिन ४४ जनाले पार्टी प्रवेश गरेका छन् ।