
काठमाडौँ, १७ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएकाहरुमध्ये ८ हजार जनाले फिर्ता लिएका छन् ।
शनिबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् ।
‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिव ८ हजार छ । एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिव ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिव एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ’ उनले भने ।
त्यस्तै, शनिबार ५ बजेसम्म उम्मेदवारहरुलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिह्न प्रदान गरिएको छ ।















प्रतिक्रिया