८ कार्तिक २०८३, आइतबार

चुनाव चिह्न ‘लौरो’ खोसिएको भन्दै आयोगले पक्षपात गरेको अटेरी अभियानको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ वैशाख । अटेरी अभियान पोखराले निर्वाचन आयोगले पक्षपात गरेको आरोप लगाएको छ ।

अभियानबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार गणेश पौडेलले आयोगले आफूहरुलाई दिएको चुनाव चिन्ह लौरो अहिले नदिने जनाएको भन्दै ठूला दलहरुबाट अयोग प्रभावित भएको आरोप लगाएका छन् ।

उनले अटेरी अभियानबाट उम्मेदवारी दिएकाहरुसहित पत्रकार सम्मेनल गर्न लागेको जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अभियानबाट त्रसित दलको प्रभावमा निर्वाचन आयोगले हामीलाई ३ घण्टा अघि नै प्रदान गरेको चुनाव चिन्ह ‘लौरो’ लाई अहिले आएर ‘दिन नमिल्ने’ भन्ने प्रकारको फोन जानकारी गराएको छ । आफैले दिएको सूची मध्येबाट पाएको चिन्हलाई ‘दिन नमिल्ने’ भनेर निर्वाचन आयोगले आफू ‘निष्पक्ष’ नरहेको संकेत दिएको छ ।’